बुधबार, असार ३, २०८३

'अनर एक्स-६' को प्रि-बुकिङ सुरू

नेपालका लागि 'अनर' फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रिलेभल फोन 'अनर एक्स-६' को प्रि-बुकिङ सुरू गर्दैछ। अनर एक्स-६ मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- नेपालका लागि 'अनर' फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रिलेभल फोन 'अनर एक्स-६' को प्रि-बुकिङ सुरू गर्दैछ। अनर एक्स-६ मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।

National life

सेलट्रोनले अनर एक्स सिरिज (एक्स-७, एक्स-८ र एक्स-९) र अनर-५० लाइटले पहिले नै बजारमा  सार्वजनिक गरिसकेको छ। अब अनर एक्स-६ यही सिरिजमा थपिने भएको हो।

अनर एक्स-६ को प्रि-बुकिङ यही सेप्टेम्बर २४ देखि सुरू हुनेछ र २५ सेप्टेम्बरमा सकिनेछ। यो योजना अन्तर्गत अनर एक्स-६ को प्रत्येक प्रि-बुकिङमा उपभोक्ताले पाँच हजार पाँच सय रूपैयाँ मूल्य बराबरको अनर इयरबड्स एक्स-३ लाइट  मात्र पाँच सय रूपैयाँमा पाउन सक्ने कम्पनीले जनाएको छ।

अनर एक्स-६ मा ५००० एमएएचको ब्याट्री छ। एक पटकको पूरा चार्समा अनलाइन भिडिओ १७ घन्टासम्म र सामाजिक सन्जाल १८ घन्टासम्म चलाउन सकिने कम्पनीको दाबी छ। त्यस्तै ३१ घन्टासम्म गीत सुन्न सकिनेछ। यसबाहेक स्मार्ट चार्जिङ र स्मार्ट ब्याट्री क्षमता यसका खास विशेषता भएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यसमा ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज छ। अनर एक्स-६ को स्टोरेज ६ टिबीसम्म बढाउन सकिन्छ। यसमा तीन क्यामरा छन्- ५० मेगापिक्सल मुख्य क्यामरा, २ मेगापिक्सल म्याक्रो क्यामरा र २ मेगापिक्सल डेप्थ क्यामरा।

Shivam cement

६.५ इन्चको डिस्प्ले भएको अनर एक्स-६ तीन वटा रङमा पाइन्छ- टिटानियम सिल्भर, ओसन ब्लु र मिडनाइट ब्ल्याक। सेप्टेम्बर २६ देखि अनर एक्स-६ नेपालभर उपलब्ध हुनेछ। यसको मूल्य १८ हजार ४९० रूपैयाँ तोकिएको छ।

प्रकाशित: Sep 22, 2022| 18:27 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्