मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कमजोर सरकारी नीतिले २५ प्रतिशत अटो व्यवसायी विस्थापित : अध्यक्ष थापा

कमजोर सरकारी नीतिले २५ प्रतिशत अटो व्यवसायी विस्थापित : अध्यक्ष थापा

सरकारका विभिन्न नीतिका कारण २५ प्रतिशत अटो व्यवसायी पलाएन भएका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- सरकारका विभिन्न नीतिका कारण २५ प्रतिशत अटो व्यवसायी पलायन भएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा)ले आयोजना गरेको इभी एक्स्पोको उद्घाटनमा बोल्दै नाडाका अध्यक्ष ध्रुव थापाले विभिन्न सरकारी नीतिका कारण अटो व्यवसायी विस्थापित भएको बताएका हुन्।

राष्ट्र बैंकले बढाएको जोखिम भार र सरकारले ठूला गाडीमा लगाएको आयात प्रतिबन्धका कारण व्यवसायी पलायन हुन बाध्य भएको उनले बताए।

थापाले राज्यको कुल राजस्वमा २५ प्रतिशत योगदान अटोमोबाइल्स क्षेत्रको रहेको दाबी गरे। ‘प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रोजगारीमा १० लाख रोजगारी उपलब्ध गराएको छ,’ उनले भने। अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको माग दिनप्रतिदिन बढ्दै गएको र यी सवारीसाधनको प्रयोगले प्रदूषण नियन्त्रण गर्नुका साथै आफ्नै देशमा उत्पादित जलविद्युत खपत बढाउने र देशलाई आत्मनिर्भर बनाउने बताए। ‘यसले ग्रिन नेपालको अवधारणालाई पनि साकार पार्नेछ।  यसले देशको विकासका लागि दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने। 

काठमाडौंको भृकुटीमण्डपमा आज बिहीबार सुरु भएको  ‘नाडा इभी एक्सपो’को उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। एक्सपो असोज ९ गतेसम्म सञ्चालन हुनेछ। 

पहिलोपटक आयोजना भएको इभी एक्सपोमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधनका साथै स्पेयर पार्टस र वित्तीय संस्थाहरुले भाग लिएका छन्। जसअन्तर्गत ७ वटा ४ पांग्रे, एउटा ३ पांग्रे र १६ वटा २ पांग्रे ब्रान्डले स्टल राखेका छन्। एक्सपोमा २३ वटा अटो कम्पोनेन्ट तथा स्पेयर पार्टस र ४ वटा वित्तीय संस्थाले पनि सहभागी छन्।

प्रकाशित: Sep 22, 2022| 12:26 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्