मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो डाइनिमक क्यूआर पेमेन्ट सिस्टम

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो डाइनिमक क्यूआर पेमेन्ट सिस्टम

इन्स्योरेन्स कम्पनीको काठमाडौं शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ईसेवा सँगको सहकार्यमा  डाइनिमक क्यूआर पेमेन्ट सिस्टम सञ्‍चालनमा ल्याएको छ। आइतबार दिउँसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौं शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका हुन्। 

यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनिमक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ। अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए।

प्रकाशित: Sep 21, 2022| 22:30 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्