काठमाडौं- लघुबीमाको लाइसेन्स वितरण गर्नुपर्ने कारण १५ दिनभित्र पेस गर्न सर्वोच्च अदालतले अर्थ मन्त्रालय र बीमा समितिको नाममा आदेश दिएको छ। न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले वादी र प्रतिवादीलाई असोज ९ गते छलफल बोलाउनेसमेत आदेश दिएको छ।
बिमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्ससम्बन्धी प्रक्रिया रोक्ने आदेश माग गर्दै दीपक बरालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो।
बीमा समितिले बीमा ऐनमा नभएको लघुबीमा सेवा प्रदायक संस्था दर्ता गर्ने कार्य गैरकानुनी रहेकोले खारेज गर्न मागदावी गर्दै बरालले रिट दायर गरेका थिए।
बीमा समितिले गत भदौं १० गते लघुबीमाको लाइसेन्स खुल्ला गरेको थियो। सो को अवधि यही असोज १३ गते पुग्नेछ। निवेदकको मागअनुसार अन्तरिम आदेश जारी भए लघुबीमासम्बन्धी आवेदन प्रक्रिया रोकिनेछ।