बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याजदर वृद्धिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति, भन्यो- सर्वसाधारणको जिविका कष्टकर बन्दैछ

ब्याजदर वृद्धिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति, भन्यो- सर्वसाधारणको जिविका कष्टकर बन्दैछ

बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। बैंक वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर बढाएका थिए।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। बैंक वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर बढाएका थिए।

National life

ब्याजदर वृद्धिले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ सरकार, केन्द्रीय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको महासंघले जनाएको छ। 

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ, भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ। 

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुल्यवृद्धिलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लाने महासंघको दाबी छ। अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको महासंघले जनाएको छ। 

‘संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो। विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ। तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ। यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ,’ महासंघको भनाई छ। 

Shivam cement

यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ। त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको छ। 



प्रकाशित: Sep 21, 2022| 20:14 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्