मंगलबार, असोज ६, २०८३

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा

यो नयाँ मोडलमा 'टीभीएस स्मार्टकनेक्ट' कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्‍ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा 'टीभीएस स्मार्टकनेक्ट' कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्‍ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमा सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर भएको कनेक्टिभिटी प्ल्याट्फर्मसहितको स्कुटर लन्च गरेको थियो। 

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फसनहरु समावेश गरिएको छ।

१२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ। यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

यस अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले नेपाल सधैं प्रमुख बजार भएको उल्लेख गर्दै भने, 'यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं।'

प्रकाशित: Sep 21, 2022| 21:30 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्