काठमाडौं- अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने सुविधा ल्याइएको छ। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत एक वको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने भएका छन्।
यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले एक लाख जितेका हुन्। भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरगत रहेको केडीएचएएन-१० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए।
डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका छन्।