मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स अब एनपीएसमार्फत्

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स अब एनपीएसमार्फत्

सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिएर नेपालभित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ।

सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।   

उक्त सम्झौता पश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडी ल्एक् अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन्। 

हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ र यस व्यवस्था अनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्तसेवा उपलब्ध गरिनेछ।   

हाम्रो पात्रो रेमिट नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त पूर्णतः डिजिटल रेमिटेन्स कम्पनी हो। हाल यसका सेवा अमेरिका बाट नेपालमा गरिने रेमिटेन्ससञ्चालनमा रहेको छ भने चाँडै अन्य देशहरुमा पनि सेवा विस्तार गरिने छ। 

हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड गरिएको एप हो र विदेशमा रहेका नेपालीहरूले व्यापक रूपमा प्रयोग गर्दै आएका छन्। 

हाम्रो पात्रोको विस्तारित सेवाको रूपमा हाम्रो पात्रो रेमिटको यस सेवाले लाभग्राहीहरूको खातामा छिटो भन्दा छिटो रकम जम्मा गर्नुका साथै नेपाल भित्रको डिजिटल रेमिटेन्सको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। 

प्रकाशित: Sep 21, 2022| 20:31 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्