मंगलबार, असोज ६, २०८३

एभरेष्ट बैंकले सुरु गर्‍यो 'ई-पैचो फोनलोन'

एभरेष्ट बैंकले इ-पैचो फोनलोन सेवा सुरु गरेको छ। जसअन्तर्गत इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो-रहित ऋण उपलब्ध गराएको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- एभरेष्ट बैंकले इ-पैचो फोनलोन सेवा सुरु गरेको छ। जसअन्तर्गत इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो-रहित ऋण उपलब्ध गराएको छ। योग्य एभरेष्ट बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल दुई लाखसम्म ऋण पाउने छन्।

ई-पैचो फोनलोन विभिन्‍न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई) का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन्।

ई-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा 'बाइ नाउ पे लेटर' सेवाहरू पनि प्राप्त गर्न सक्छन्। यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ ई-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ।

ई-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ, जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदि। योग्य ग्राहकहरूले इ-पैचो फोनलोन आइकन र 'दर्ता गर्नुहोस्' बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्ने छन्।


प्रकाशित: Sep 21, 2022| 20:00 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्