आइतबार, मंसिर २८, २०८२

यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।
 |  बिहीबार, असोज ६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, असोज ६, २०७९

काठमाडौं- विद्युतीय सवारी साधनको मेला 'नाडा ईभी एक्स्पो-२०२२' बिहीबारदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने एक्स्पो नेपालमा बिजुली गाडीको पहिलो मेला हो। 

National life

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध गरेपछि नाडा विद्युतीय सवारीको मात्र प्रदर्शनी गर्ने अवस्थामा पुगेको हो। गत पुसदेखि नै विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गाडीलगायतका विभिन्न वस्तुको आयातमा कडाइ गरेपछि नाडाले सबै खाले गाडीको मेला स्थगित गरी विद्युतीय सवारीको मात्र मेला आयोजना गरेको हो। 

सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। विगतका वर्षमा करमा छुट दिएपनि यसपालि बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर छुटको व्यवस्था परिमार्जन गरेका छन्। सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।

यसपालि ईभी एक्स्पोमा देख्न पाइने बिजुली गाडीका केही मोडलहरु:

नेटा भी
बिजुली गाडी ‘नेटा भी’ चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स कम्पनीले नेपाली बजारमा ल्याएको छ। चौधरी ग्रुपले चिनियाँ ब्रान्डको यो गाडी भित्र्याएको हो।

Laxmi sunrise bank
kumari

नेपाली बजारमा सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको यो गाडी ६० किलोवाटको फास्ट चार्जरबाट २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। 

प्रकाशित: Sep 22, 2022| 09:59 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्