बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री कार्यालय तानिए सचिव अर्याल, मैनाली बने महालेखा नियन्त्रक

प्रधानमन्त्री कार्यालय तानिए सचिव अर्याल, मैनाली बने महालेखा नियन्त्रक

अर्यालको स्थानमा सचिव हरीप्रसाद मैनालीलाई महालेखा नियन्त्रक बनाएर पठाइएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- सचिव सुमनराज अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन्। महालेखा नियन्त्रक कार्यालयमा करिब १३ महिना महालेखा नियन्त्रकका रुपमा काम गरेका अर्याल मंगलबारबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हाजिर भएका हुन्। उनी त्यहाँ जगेडामा राखिएका छन्। 

National life

अर्यालको स्थानमा सचिव हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रक बनाएर पठाइएको छ। मैनाली यसअघि उपराष्ट्रपतिको कार्यालयमा थिए। केन्द्रीय तथ्याङ्क विभागबाट सचिव पदमा बढुवा भएका अर्याल यसअघि प्रदेश नम्बर १ का प्रमुख सचिव थिए। भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले  निर्णय उनीहरूको सरुवाको निर्णय गरेको थियो।

महालेखा नियन्त्रक हुँदा अर्यालले वित्तीय क्षेत्र सुशासन कायम गर्न महत्त्वपूर्ण योगदान गरेको चर्चा कर्मचारीवृत्तमा हुने गरेको छ। सरकारको सञ्चिति कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सरकारी वित्त प्रणालीलाई सूचना प्रणालीमा आबद्ध गर्न उनको भूमिका थियो। तीनै तहका सरकारहरुले गरेको खर्चको विवरण तयार पार्नका लागि आवश्यक सहजीकरणसमेत अर्यालले गरेका थिए। 

विदेशस्थित नेपालको राजदूतावासको लेखा व्यवस्थापन सम्बन्धी कार्यविधि बनेका थिएनन। अर्यालले महालेखा नियन्त्रक कार्यालय सम्हालेपछि मन्त्रिपरिषदबाट निर्णय गराएर उक्त कार्यविधि कार्यान्वयनमा ल्याएका थिए। उनकै कार्याकालमा आन्तरिक लेखापरीक्षण सम्बन्धी एकीकृत कार्यविधि, लिलाम व्यवस्थापन सम्बन्धी कार्यविधि, आन्तरिक लेखापरिक्षण आचारसंहिता लगायतका केही नीतिगत व्यवस्था भएका थिए। 

स्थानीय तहले प्रयोग गर्ने स्थानीय सञ्चिति कोष व्यवस्थापन प्रणाली (सुत्र)मा इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सुरुवात गर्न पनि उनले भूमिका खेलेका थिए। सुत्रमा राजस्व मोडलमा सञ्चालनको अभ्यास अगाडिबढाउने, यसैगरी सरकारले गरेको खर्चको रिपोर्टिङलाई डिजिटल प्रणालीबाट गराउने लगायत प्रणाली सुधारका क्षेत्रमा महत्वपूर्ण काम गर्न उनी सफल भएको बताइन्छ। सचिवको रुपमा उनको अझै थप साढे ३ वर्ष कार्यकाल बाँकी छ।

Shivam cement

प्रकाशित: Sep 20, 2022| 19:50 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्