मंगलबार, असोज ६, २०८३

सहज हुँदै तरलता, महिनादिनमै ५३ अर्ब बढ्यो निक्षेप

नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार भदौ महिनाको अन्तिम हप्तामा मात्रै वाणिज्य बैंकहरूले ४० अर्ब ५४ करोड रुपैयाँले निक्षेप संकलन गर्न सफल भएका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- केही समयअघिसम्म पनि तरलताको अभावले आक्रान्त बैकिङ क्षेत्रमा केही सहजता आएको छ। भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले वृद्धि भएको छ। यसमा विदेशी मुद्रामा रहेको निक्षेप पनि समावेश गरिएको छ। 

साउनको अन्तिम साता वाणिज्य बैंकसँग ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौको अन्तिम साता ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। 

नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार भदौ अन्तिम हप्तामा मात्रै वाणिज्य बैंकहरूले ४० अर्ब ५४ करोड रुपैयाँले निक्षेप संकलन गर्न सफल भएका छन्। 

भदौमा महिनामा १३ अर्ब रुपैयाँले कर्जा प्रवाह भएको छ। बैंकर्स संघका अनुसार साउनको अन्तिम सातासम्ममा बैंकहरुले ४१ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेकोमा सो बढेर भदौ अन्तिमसम्ममा ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। 

चाडबाडको समय नजिकिएसँगै रेमिट्यान्स भित्रन थालेपछि बैंकमा निक्षेप बढेको हो। बैंकहरुले भदौको पछिल्लो साता ब्याजदरमा भएको भद्र सहमति ताडेपछि पनि थप ब्याजदर बढी पाइने अपेक्षाले निक्षेप संकलन बढ्न थालेको बैंकर्स संघको भनाइ रहेको छ। भदौमा कुन बैंकले कति संकलन गरे निक्षेप र कति प्रवाह गरे कर्जा? तालिकामा हेर्नुहोस्:

प्रकाशित: Sep 20, 2022| 17:57 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्