मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भदौमा मलेसिया रोजगारीमा जान ३३ हजारले लिए श्रम स्वीकृति

भदौमा मलेसिया रोजगारीमा जान ३३ हजारले लिए श्रम स्वीकृति

साउनमा २२ हजार ३६१ जनाले श्रम स्वीकृति लिएकामा भदौमा १० हजार ६४२ बढीले लिएको विभागको तथ्यांक।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– भदौ महिनामा ३३ हजार ३ सयले मलेसिया जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले विवरण सार्वजनिक गरेको छ। श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० पुरुष छन् भने १ हजार ८३ महिला छन्। उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन्। १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएको विभागले बताएको छ। 

साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए। साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन्। भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। यीमध्ये ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन्।

भदौमा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्धदक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेको विभागको तथ्यांकमा उल्लेख छ। साउनमा ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले बताएको छ

प्रकाशित: Sep 20, 2022| 16:52 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्