बुधबार, असार ३, २०८३

एनएमबी बैंकको खातामै रेमिट्यान्स पाउन सकिने

एनएमबी बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने जानकारी बैंकले दिएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- एनएमबी बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ। एनएमबी बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने जानकारी बैंकले दिएको छ। उक्त रकम एनएमबी भिसा डेबिट (बैंक खाता)मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ।

National life

भिसा इन्टरनेसनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो। बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबलगायत विश्वका १०० भन्दा बढी देशबाट भिसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ।

भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ। यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने भएका हुन्।

एनएमबी बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित बैंकले २०१७, २०१८ र २०२० पनि नेपालकै उक्त उपाधि जितेको छ। बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Sep 20, 2022| 15:57 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्