मंगलबार, असोज ६, २०८३

८० प्रतिशत अग्रिम बुकिङ भए हवाई टिकट

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगै आन्तरिक हवाई सेवाप्रदायक कम्पनीले टिकट भाडा पनि बढाएका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवाप्रदायक कम्पनीले दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भइसकेको बताएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवाप्रदायक कम्पनीले दसैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै हालसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जानकारी दिएका हुन्।

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको छ। दसैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको छ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवाप्रदायक कम्पनीले टिकट भाडा पनि बढाएका छन्। विगतमा काठमाडौं–धनगढी हवाई भाडा ७ हजार ५ सय रहेकामा अहिले अधिकतम १७ हजार कायम गरिएको छ।

सबैभन्दा कम टिकट मूल्य विराटनगर–काठमाडौं रहेको छ। विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम ४ हजार ५ सय र अधिकतम १० हजार कायम गरिएको छ। अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले बताए।

प्रकाशित: Sep 20, 2022| 15:46 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्