काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७७ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०६पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १३ पैसा र बिक्री दर ९ रुपैयाँ १७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर