बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

नाम्खा गाउँपालिका-६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

हुम्ला- हुम्लाको उत्तरी गाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ। नाम्खा गाउँपालिका-६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन्। नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जिमा सञ्चालन भएको छ। 

National life

अब लिमीवासीको मोबाइलमा कुरा गर्ने सपना पनि पूरा भएको छ। यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो। 

मोबाइल सेवा सञ्चालन आएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन्। वर्षौंदेखि मोबाइलमा कुरा गर्ने उनीहरुको चाहना पूरा भएको छ। लिमी गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै लामो प्रयासपछि लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताए। 

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो। तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुगेका थिए।  रासस

प्रकाशित: Sep 20, 2022| 07:06 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्