मंगलबार, असोज ६, २०८३

७ लाख ६५ हजार किसानलाई बाँडिँदै परिचयपत्र

किसानलाई सरकार तथा अन्य निकायबाट दिइने सेवा–सुविधा परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान वर्गीकरणमा सूचीकृत भएका ७ लाख ६५ हजार किसानलाई परिचयपत्र वितरण गर्ने भएको छ। किसानलाई परिचयपत्र वितरण गर्न गृहकार्य थालिएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले बताएका हुन्। 

दसैंपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने गरी गृहकार्य भइरहेको उनको भनाइ छ। वर्गीकरण भइसकेपछि सरकार तथा अन्य निकायबाट किसानलाई दिइने सेवा–सुविधा परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ। कतिपय संघ–संस्थाले आफ्नै हिसाबमा किसान वर्गीकरण गरी परिचयपत्र वितरण गरेका छन् । 

राष्ट्रिय कृषक समूह महासंघले कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा किसान वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ।

महासंघ अध्यक्ष नवराज बस्नेतले कृषि मन्त्रालय र आफूहरूले गरेको किसान सूचीकरणमा खासै फरक नरहेको बताए। नेपालमा ४२ लाख घरपरिवार किसान छन्। यस आधारमा अहिलेसम्म थोरै मात्र किसान सूचीकृत भएका छन्।  


प्रकाशित: Sep 19, 2022| 16:22 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्