आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लघुबिमामा ७५ करोड चुक्तापुँजीको व्यवस्थाले झस्किए व्यवसायी

लघुबिमामा ७५ करोड चुक्तापुँजीको व्यवस्थाले झस्किए व्यवसायी

समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए।
 |  मंगलबार, भदौ २८, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- लघुबिमा व्यवसाय सञ्चालन गर्नका लागि अनुमति माग गरिएको १८ दिन बित्दासम्म एउटा पनि आवेदन परेको छैन। ३५ दिने म्यादसहित आवेदन माग गरिएपनि हालसम्म कुनै आवेदन नपरेको तर अन्तिम समयमा भटाभट आवेदन आउने विश्वास समितिको छ। 

National life

समितिले भदौ १० गते लघुबिमा व्यवसाय सञ्चालनका लागि आवेदन माग गरेको थियो। आवेदन दिने अवधि अब १७ दिन बाँकी छ। समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए। 

बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईले अन्तिम दिनसम्म आउने विश्वास व्यक्त गर्छन्। ‘अन्तिममा तडामछाड गर्ने बानी नेपालीको हुन्छ। अनुमति मागका लागि आवेद दिनका लागि पनि अन्तिम म्याद कुरेर बसेका हुन सक्छन्,' उनले थपे, ‘अझै १७ दिन बाँकी छ। एकैपटक आवेदन आउन पनि सक्छन्।' 

पूर्वअध्यक्ष चापागाईले समितिले लघुबिमाको कार्यक्षेत्र स्पष्ट नपारेको भन्दै लगानीकर्ता त्यसको सुझबुझमा लागेको हुनसक्ने बताए। ‘समितिले कम्पनी आह्वान गरेपनि लघुबिमाका के, कति, कसरी र कहाँ काम गर्ने जस्ता कुराहरुमा स्पष्टता दिएको छैन,’उनले भने, ‘यस्तै कारणले पनि आवेदन दिन लगानीकर्ता हतार नगरेका हुन सक्छन्। लघुबिमाका लागि ठूलो लगानी चाहिने व्यवस्था गरिएको छ। प्रतिफलको ग्यारेन्टीका लागि पनि लगानीकर्ताले स्पष्टता खोज्छ। लगानीकर्तालाई आश्वस्त पार्न समितिले सकेको छैन।'


Shivam cement

प्रकाशित: Sep 13, 2022| 15:54 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्