आइतबार, मंसिर २८, २०८२

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
 |  सोमबार, भदौ २०, २०७९

बीबीसी

बीबीसी

सोमबार, भदौ २०, २०७९

काठमाडौं- क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। 

National life

क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ। प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ।

घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा भएको हो। स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ । 

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गर्दै स्थानीयलाई घरभित्रै सुरक्षीत रहन आग्रह गरेको छ।

जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदय विदारक’ भनेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2022| 07:22 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।