शनिबार, जेठ ३०, २०८३

५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति 'दुई नम्बरी'

नेपालमा ५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दुई नम्बरी धन्दाबाट आर्जन भएको देखिएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- नेपालमा ५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दुई नम्बरी धन्दाबाट आर्जन भएको देखिएको छ। नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइका पूर्व प्रमूख एवं सम्पत्ति शुद्धीकरणसम्बन्धी विज्ञ डा हरि नेपालले नेपालमा सो रकम बराबरको सम्पत्ति दुई नम्बरी धन्दाबाट कमाएको देखिएको जानकारी दिएका हुन्। 

National life

बुधबार अर्थ समितिमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नेपालले गरेका कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वमा गरिएको अध्ययन अनुसार विश्वमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५.४ प्रतिशत रकम बराबरको सम्पत्ति २ नम्बरी धन्दाबाट कमाएको देखिएको जानकारी दिए। 

उनका अनुसार विश्वमा राजश्व छलीबाहेकका अपराधबाट विश्वको जीडीपीको ३.६ प्रतिशत र राजश्व छलीबाट १.८ प्रतिशत गरी कुल ५.४ प्रतिशत रकम २ नम्वरी धन्दाबाट कमाएको अध्ययनले देखाएको छ। 

अध्ययनले विकासशील देशको हकमा भने सो प्रतिशत दोब्बरले बढेको दाबी गरेको छ। यसरी हेर्दा नेपालको कुल जीडीपीको १०.८ प्रतिशत रकम दुई नम्बरी धन्दाबाट कमाएको देखिएको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब रुपैयाँ छ। सोको १०.८ प्रतिशत ५ खर्ब २३ अर्ब रुपैयाँ पुग्दछ। 

डा. नेपालले अर्थ समितिमा यो तथ्यांकलाई गणितीय माध्यमबाट सम्झाउने हो भने डरलाग्दो तथ्यांक देखिने भन्दै संसदहरुलाई सो रकमको आफैँ आकलन गर्न आग्रह गरे। 

Shivam cement

डा. नेपालका अनुसार यसरी दुई नम्वरी धन्दा गर्नको लागि नेपाल मात्र नभएर विश्वभरमा ३ ‘प’ पद, पैसा र पहुँच) को प्रभाव रहेको दावी गरे। उनले नेपालले आधिकारिक रुपमा अध्ययन नगरेपनि विश्वभर भएको अध्ययन र त्यसबाट नेपालको आँकलले गम्भीरता इंगित गरेको दावी गरे। 

त्यस्तै उनले आतंककारी कार्यको मूल्य वा प्रभाव सन् २०१५ र २०१६ मा क्रमशः ८९ र ८४ विलियन अमेरिकी डलर रहेको अध्ययनबाट पाइएको थियो। त्यस्तै करिव १०६ देश आतंककारी कार्यबाट प्रभावित भएको पाइएको पनि डा.नेपालले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन्।

प्रकाशित: Aug 31, 2022| 20:08 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्