शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविको बन्दी प्रत्यक्षीकरण रिटमा बल्ल सुनुवाइ, आजै आदेश आउन सक्ने

रविको बन्दी प्रत्यक्षीकरण रिटमा बल्ल सुनुवाइ, आजै आदेश आउन सक्ने

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ भएको छ।

National life

यसअघि पटक-पटक पेसी तोकिए पनि रिट हेर्न नमिल्नेमा पर्दै आएकोमा बल्ल आज सुनुवाइ भएको हो।

आज सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको हो। रिटमा आजै आदेश आउने सम्भावना छ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्।  

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यो आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। हाल लामिछाने रुपन्देही कारागारमा छन्।

Shivam cement

प्रकाशित: May 20, 2025| 15:52 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्