काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटको सुनुवाइ भएको हो।
आज रवि पक्षका वकिलहरू वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुदिक्य पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। यो रिट ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो। मंगलबार भने सुवेदी र ढकालको इजलासमा सुनुवाइ भएको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए।