शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन पूर्व अर्थमन्त्री पाण्डेको प्रस्ताव

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन पूर्व अर्थमन्त्री पाण्डेको प्रस्ताव

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण राजनीतिभन्दा अरू कसैले गर्न नसक्ने बताएका छन्।

National life

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पोसिली नै सरकारले बनाउने बताए।

पाण्डेले भने, ‘मैले धेरै ठाउँमा भनेको छु भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। पाँच सय र हजारको नोट बन्द गरिदिऔं। नछापौं। नागरिकलाई अहिले नै आतंकित नपारौं। २०८५ पछि पाँच सय र हजारको नोट चल्दैन भनेर भनिदिऔं। त्यसपछि सरकारले सय रुपैयाँको मात्रै नोट छाप्छ, कसैले एक करोड घूस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो। यो सम्भव हुँदैन।’

उनले जग्गा बाँझो राख्न नपाइने र राख्नुपर्‍यो भने पनि एउटा नोटिस जारी गर्नुपर्ने सिस्टममा जानुपर्ने बताए।

प्रकाशित: May 20, 2025| 15:56 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्