शनिबार, असार ६, २०८३

सिमराबाट काठमाडौं आउँदा जहाजमै यात्रुको मृत्यु

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

काठमाडौं- बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा एक यात्रुको मृत्यु भएको छ।

National life

रौतहटको फतुवा विजयपुर नगरपालिका-११ की ३९ वर्षीय राजुकुमारी चौधरीको मृत्यु भएको हो । घटना मंगलबार दिउँसो भएको बताइएको छ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो। सँगै उनका श्रीमान् जंगबहादुर चौधरी पनि थिए।

मंगलबार अपराह्न चार बजे बुद्ध एयरको जहाजमार्फत उनीहरू काठमाडौंका लागि उडेका थिए। उडेको केही मिनेटमै राजुकुमारी अचेत भइन्। 
जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेपछि तत्काल उनलाई केएमसी अस्पताल सिनामंगल पुर्‍याइएकोमा चिकित्सकहरूले उनको निधन भइसकेको घोषणा गरेका थिए।

शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

Shivam cement

प्रकाशित: May 21, 2025| 11:27 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्