आइतबार, वैशाख ७, २०८२

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए।
 |  बुधबार, भदौ ८, २०७९
nespernesper

रासस

रासस

बुधबार, भदौ ८, २०७९

vianetvianet

खलङ्गा- जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए। 

triton college

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ। उनले भने, 'स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन्। स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ। घरमै प्रतिकेजी रु ६० मा बिक्री सुरु गरेका छौँ। गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन्।'

पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौँ। स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ। यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताइन्। 

अरू जातमा गुलियोपन आइसकेको छैन। किसानले मागअनुसार बिक्री गर्ने हो। अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन्। कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कार्यालयले जनाएको छ।

गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग परिपक्व हुने भएकाले अहिले स्थानीय जात र गोल्डेन जातका स्याउ मिलाएर व्यापारीले लिने गरेका छन्। एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोबार भएकोे तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए। 

National life insurance

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ।  कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको छ। गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गर्न सकिन्छ। सही तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार परिपक्व भएको स्याउ मात्र खरिद गर्न व्यापारीलाई अनुरोध गरिएको छ। विशेषगरी कर्णाली राजमार्गअन्तर्गतका स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन्। दुवानीमा सहज हुने भएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन्।

जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ  जुम्लाले जनाएको छ। 

साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ सङ्कलन र बिक्रीमा रोक लगाएका थियो। जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका किसान स्याउखेतीमा लागिपरेका छन्।

प्रकाशित: Aug 24, 2022| 11:37 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्