काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन्। पूर्वमाओवादी बालसेना लेनिन बिष्टलाई विमानस्थलमा रोकिएको बारेमा प्रधानमन्त्रीले गृह मन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण मागेका हुन्।
सोमबार बिहान सम्पादकहरूसँगको भेटमा आफूले बिष्टलाई फर्काइएको विषयमा गृहलाई तत्काल जवाफ दिन निर्देशन दिएको जानकारी गराए। वैयक्तिक स्वतन्त्रताप्रति आफू सजग रहेको उनले बताए।
शुक्रबार थाइल्यान्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका बिष्टलार्इ गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो। विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई विमानस्थलमा रोकिएको आरोप लगाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४