सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फोहोर, अवरोध र बल प्रयोग : 'बारीमा काम गरिरहेका' कमल अस्पतालको शय्यामा

फोहोर, अवरोध र बल प्रयोग : 'बारीमा काम गरिरहेका' कमल अस्पतालको शय्यामा

‘हामी त विरोधमा सहभागी थिएनौँ। मकैबारीमा काम गर्न गएको साथीलाई अचेत अवस्थामा देख्दा मलाई पत्यार लागेन। सामान्य घाइते भएको सोचेँ। तर घाउ सफा गर्ने क्रममा हेर्दा गोली रहेछ।’
 |  बुधबार, भदौ १, २०७९

सृजना राई

सृजना राई

बुधबार, भदौ १, २०७९

'अब फोहोर उठ्नेछ। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौं,' काठमाडौं महानगरपालिकाको प्रमुखमा नियुक्त भएको बालेन्द्र शाहको फोहोर व्यवस्थापनका विषयमा पहिलो स्टाटस थियो। उनले यो स्टाटस लेखेको साढे तीन महिना बितिसकेको छ। तर काठमाडौंको फोहोर उठ्न सकेका छैन, सहर ठूला सडकदेखि गल्लीसम्म ठाउँठाउँमा फोहोरको थुप्रो गन्हाइरहेको छ। बुधबार साँझ तीनबुँदे सहमति भएपछि बिहीबारबाट फोहोर उठ्ने अपेक्षा गरिएको छ। 

National life

फोहोर विसर्जनमा पटकपटकको अवरोधपछि मेयर शाह फेसबुकमार्फत् नै राजनीतिक दलप्रति आक्रोश र गुनासो सहितको पोस्ट सार्वजनिक गरिरहेका छन्। मेयर बालेनले पहिले राजनीतिक दल र नेताको नाम किटान नगरी आक्रोश पोख्थे तर उनले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम नै किटान गरेर राजनीतिक दलका नेताविशेषमाथि आक्रोश पोख्ने क्रम सुरु गरेका छन्। बञ्चरे जाने बाटोको ठेक्का लिएर पनि बाटो नबनाएका प्रचण्डका घरबेटीमाथि उनको मुख्य आक्रोश छ।  

मेयर बालेन्द्रको  कार्यकक्षबाट करिब २ किलोमिटरको दूरीमा न्युरो अस्पतालको बेडमा छटपटाइरहेका छन्, धादिङ-१ का कमल तामाङ। मंगलबार तामाङ खेतबारीमा कामका लागि निस्किएका थिए। धादिङको धुनीबेँशी-१ का बासिन्दा फोहोर विसर्जन अवरोधमा उत्रिँदा उनी भने आफ्नो बारीमा काममा व्यस्त थिए। प्रहरीले बल प्रयोग गर्न थाल्यो। आफूनजिकै खेलिरहेका बच्चालाई बचाउन कमलले प्रयास गरे। तर प्रहरीले विरोधमा संलग्न भएको भन्दै बारीमै भएको अवस्थामा प्रहरीले आफूमाथि रबरको गोली प्रहार गरेको पीडित तामाङले बयान दिएका छन्। 

कमल घाइते भएपछि घटनास्थल पुगेका कमलका साथी जयराम तामाङ भन्छन्, ‘हामी त विरोधमा सहभागी थिएनौँ। मकैबारीमा काम गर्न गएको साथीलाई अचेत अवस्थामा देख्दा मलाई पत्यार लागेन। सामान्य घाइते भएको सोचेँ। तर घाउ सफा गर्ने क्रममा हेर्दा गोली रहेछ।’

१७ वर्षसम्म नुवाकोट साइडमा फालिएको फोहोर हाम्रो धादिङको क्षेत्रमा फाल्न सुरु भयो। विसर्जन नहुँदा फोहोरले बस्नै नसक्ने भएपछि ढाडे बजारबाट हाम्रो परिवार केही दूरी माथि सर्न बाध्य भएका छौँ,' जयरामले फोहोरको पीडा सुनाए। 

कमललाई तुरुन्तै उपचारका लागि काठमाडौं ल्याइयो। अहिले उनको उपचार न्यूरो अस्पतालमा भइरहेको छ। उनको उपचारमा खटिएका चिकित्सकका अनुसार निधारमा लागेको गोलीको सबै भाग निकालिएको छ। केही वर्षअघि भारत पुगेका तामाङ दुई महिनाअघि मात्रै आफ्नो घर धादिङ फर्किएका थिए। नागरिकता र आवश्यक कागजात बनाएर वैदेशिक रोजगारमा जाने तयारीमा रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 17, 2022| 21:22 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।