बिहीबार, असार ३२, २०८३

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले बलात्कारका घटनासंग सम्बन्धित विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले पप्पु कन्स्ट्रक्सनको अलपत्र पुलका कारण रौतहटमा डुंगा दुर्घटना भएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले 'निर्मला हत्या योजनाबद्ध' शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले निर्मला बलात्कारको अनुसन्धानमा प्रहरीको चासो असामान्य व्यक्तिमा केन्द्रित भएको खबर लेखेको छ । 

नयाँ पत्रिकाले मानसिक सन्तुलन गुमाएका दीलीपसिंह बिष्ट नै दोषी ठहरिन सक्ने उल्लेख गरेको छ । प्रहरीले यहि घटनामा यसअघि पनि मानसिक अवस्था ठिक नभएका दुई जनालाई नियन्त्रणमा लिएको नयाँ पत्रिकाले लेखेको छ । तर, नागरिक दैनिकले भने निर्मला हत्या प्रकरणमा आरोपितलाई लुकाउन निर्दोषलाई फसाउन खोजिएको हुनसक्नेतर्फ पुनः प्रहरी अनुसन्धान मोडिएको खबर छापेको छ । 

कान्तिपुर दैनिकले भने पप्पु कन्स्ट्रक्सनको अलपत्र पुलका कारण रौतहटमा डुंगा दुर्घटना भएको विषयलाई मुख्य समाचार बनाएको छ । डुंगा पप्पु कन्स्ट्रक्सनले निर्माण गर्दा गर्दै अलपत्र छाडेको पुलको पिल्लरमा ठोकिएर दुर्घटना भएको निष्कर्षमा प्रहरी पुगेको छ । 

एक वार्षदेखि पुल अलपत्र छाड्ने र जनाताको ज्यान जोखिममा पार्ने पप्पुलाई कारबाही गर्न स्थानीयबासीले माग गरेको कान्तिपुरले जनाएको छ । यस्तै आजको कान्तिपुरले परिचयपत्रकै भारी शीर्षकमा विशेष खबर लेखेको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने  निगमको जाहाज यसै थन्किने गरेको गरेको तर बाहना भने पाइल अभावको बनाइने गरेको विषयलाई मुख्य समाचार बनाएको  छ । निगमसंग साना ठूलागरेर ६ वटा चिनियाँ जहाज छन् । तर, तीमध्ये निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो जहाज मात्रै उडाउने गरेको अन्नपूर्णले लेखेको छ । 

यस्तै बिमस्टेक सम्मेलनमा रेल र सडक सञ्जालको मुद्दामा बढी केन्द्रित हुने खबरलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।