बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई संसदीय मर्यादा किन नमानेको भन्दै सांसदको प्रश्न

प्रधानमन्त्रीलाई संसदीय मर्यादा किन नमानेको भन्दै सांसदको प्रश्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रतिनिधिसभका सांसद हीरा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय मर्यादामा किन नबसेको भनी प्रश्न गरेकी छन्।

प्रतिनिधिसभाको आइबारको बैठकमा शून्य समयमा सांसद गुरुङले भनिन्, ‘संसदीय मर्यादाको ख्यालै नगरी संसदको सपथै नलिर्इ प्रधानमन्त्रीको पद किन सम्हाल्नु भयो, प्रधानमन्त्रीज्यू।’ उनले कुखुराको अण्डादेखि चटपटे बेच्नेसम्मलाई कर लगाएर समृद्धिको कथा कहिलेसम्म भनिरहने भनी प्रश्न गरिन्। 

उनले बेरोजगारलाई रोजगारी बनाउने भन्दै प्रधानमन्त्री कार्यालय मातहतको परियोजनाबाट कतिलाई रोजगारी दिइयो भनी प्रश्न गरिन्। 

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद सुजाता परियारले मुलुकमा दिनदिनै हत्या, हिंसा र बलात्कारको घटनामा वृद्धि भइरहँदासमेत त्यसलाई नियन्त्रण गर्न सरकारले भूमिका निर्वाह नगरेको अारोप लगाइन्। उनले निर्मला पन्तको हत्याका वास्तविक अपराधीलाई नियन्त्रणमा ल्याउन सरकारले किन सकेन भनी प्रश्न गरिन्। 

एमाले सांसद विन्दा पाण्डेले महिलाविरुद्धको संकल्प प्रस्ताव पारित प्रतिनिधिसभाले पारित गर्दै गर्दा पोखरामा एक महिलाको हत्या भएको, कञ्चनपुर घटना अनुसन्धान निष्कर्षमा नपुगेको, बानेश्वरमा प्रहरीले महिला हिंसा सम्बन्धी उजुरी लिन नमानेको बताइन्।

सांसद शशि श्रेष्ठले गरिब पहिचान राष्ट्रिय परिचयपत्र वितरण उपयुक्त नभएको र अति गरिबले रातो कार्ड लिन नसकेको बताइन्। 

शान्तिमाया तामाङ पाख्रिनले विगतमा माथिल्लो तामाकोशीको लागत ३५ अर्ब थियो, त्यसलाई अहिले बढाएर लागत ४९ अर्ब पुर्‍याइएको छ बताउँदै अब सो परियोजनाको लागत फेरि ७० अर्ब किन र कसरी बढाइँदैछ भनी छानविनको माग गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।