बिहीबार, असार ३२, २०८३

राष्ट्रिय सम्मानसहित खुनाको अन्त्यष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-प्रहरीको गोली लागि ज्यान गुमाएका कञ्चनपुरको महेन्द्रनगरका १४ बर्षीय सन्नी खुनाको तीन दिन पछि राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । 

खुनाको आइतबार नेपाल प्रहरीको प्रहरी नायव निरीक्षकको नेतृत्वको एक टुकडीले सलामी दिँदै राष्ट्रिय झण्डा ओडाएर अन्त्यष्टि गरिएको हो । प्रहरी नायव उपरीक्षक कृष्ण ओझाका अनुसार स्थानीय ब्रहमदेवमा उनको अन्त्यष्टि गरिएको हो । 

निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर खुनाको शुक्रबार ज्यान गएको हो । 

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले खुना र निर्मलालाई सहिद घोषणा गर्दै परिवारलाई जनही १०/१० लाख क्षतिपुर्ति दिने निर्णय गरेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।