बिहीबार, असार ३२, २०८३

गृहमन्त्रीले लगाएको ताला गेटपालेले खोलेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– प्रदेश २ मा प्रदेश सरकारले दिएको बिदा कार्यान्वयनमा नआएपछि मन्त्रीहरु नै आफ्नो निर्णय कार्यान्वयनका लागि मैदानमै उत्रिएका छन् । तर, राष्ट्र बैंकको जनकपुर शाखा कार्यालयमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएको ताला बैंकका गेटपालेले खोलेपछि बैंकको काम नियमित भएको छ । 

जनैपूर्णिमा तथा रक्षा बन्दनको अवसरमा प्रदेश सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो । तर, स्थानीय प्रशासन तथा राष्ट्र बैंकले केन्द्र सरकारको निर्णय मान्दा प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेन । 

मन्त्री यादवको निर्देशनमा लागेको ताला चार घण्टापछि बैंकका पालेले खोलेका थिए । उनले ताला खोलेसँगै बैकको कारोबार शुरु भएको थियो । 

तराई समुदायको विशेष  पर्वको रुपमा लिईने रक्षा बन्दनमा बिदा दिने प्रदेश सरकारको निर्णय तथा त्यसको कट्टौतीगर्ने कैन्द्रीय सरकारको मत बाझिदा गृहमन्त्री समेत रहेका ज्ञानेन्द्र यादबले राष्टबैङ्कको काम प्रभाबीत हुनेगरी ताला लगाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।