शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बहिनीसँग प्रेम रहेको शंकामा १४ वर्षीय किशोरको हत्या, शव भारत पुर्‍याए

बहिनीसँग प्रेम रहेको शंकामा १४ वर्षीय किशोरको हत्या, शव भारत पुर्‍याए

मानिसहरूको राम्रै चहलपहल हुने नगवा बाइपास चोकमा पटेल दाजुभाइ १० वर्षदेखि टेलर सञ्चालन गरी बसेका थिए। चहलपहल भइरहने सहरबीचको आफ्नै पसलभित्र दुई दाजुभाइले सटर बन्द गरी मुख थुनेर राजकुमारको हत्या गरे, जसको सुइँकोसम्म कसैले पाएन।
 |  सोमबार, साउन ३०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, साउन ३०, २०७९

काठमाडौं– बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका १४ वर्षीय राजकुमार ठाकुर गत मंगलबार बिहान सदाझैं ट्युसन पढ्न भनेर वीरगञ्ज गए। कक्षा ९ मा पढ्ने उनी बिहान वीरगञ्ज १६ नगवास्थित एक ट्युसन सेन्टरमा पढ्न जान्थे। त्यहाँबाट फर्किएर खाना खाएर उनी स्कुल जान्थे।

triton college

तर त्यो दिन ठाकुर ट्युसन सेन्टरबाट फर्किएनन्। सधैँ समयमै फर्किने छोरा नफर्किएपछि बुबा मोतिलाल आत्तिए र खोजी सुरु गरे। तर ठाकुर भेटिएनन्। अनि मोतीलालले त्यही दिन दिउँसो प्रहरीकहाँ गएर छोरा हराएको र खोजतलास गरिपाउँ भनी निवेदन दिए। प्रहरीले खोजी सुरु गर्यो। 

घटना बाराको भएका कारण बारा प्रहरीसँग सहकार्य गरी पर्सा प्रहरीले अनुसन्धान अघि बढायो तर ३ दिनसम्म खोजतलास गर्दा ठाकुरको पत्तो लागेन।

०००

साउन २७ गते भारतीय प्रहरीले बिहारको भागलपुरमा फेला पारेको एक शवबारे पर्सा प्रहरीलाई जानकारी गरायो। रक्सौल हुँदै मुजफ्फरपुर चल्ने रेलको शौचालयमा वीरगञ्जबाट हराएका ठाकुरकै उमेरको एक शव भेटिएको जानकारीपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा प्रहरी घटनास्थलमा पुग्यो।

corrent noodles
Metro Mart

प्रहरीसँगै भागलपुर पुगेका ठाकुरका बुबा मोतिलालले शव आफ्नो छोराको भएको पुष्टि गरे। प्रहरीले शव पर्सा ल्याएर अनुसन्धान थाल्यो। बुबा मोतीलालले घटनामा छिमेकी पटेल परिवारको संलग्नता रहेको आशंका गर्दै प्रहरीमा किटानी जाहेरी दिए। प्रहरीले ३० वर्षीय प्रितम पटेल र भाइ उत्तरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गर्यो, तर दाजुभाइले घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरिरहे। 

यसैबीच प्रहरीले हत्याको अर्को क्लु फेला पार्यो– नगवा बाइपास चोकभन्दा करिब ५ सय मिटर अगाडि रहेको सीसी क्यामेरा। उक्त सीसी क्यामेराको फुटेजमा पटेल दाजुभाइले ठाकुरको शव लगेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रह्लाद कार्कीले बताए। उक्त फुटेजपछि पटेल दाजुभाइले हत्या आफूहरूले गरेको स्वीकार गरेको जानकारी डीएसपी कार्कीले दिए।

यसरी भयो घटना

राजकुमार र पटेल दाजुभाइकी बहिनी श्री नेरा माध्यमिक विद्यालय इटियाहीमा कक्षा ९ मा सँगै पढ्थे। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजकुमार र ती किशोरी एकअर्काको प्रेममा थिए। उक्त प्रेमबारे जानकार पटेल दाजुभाइले पहिले पनि एकपटक राजकुमारलाई बोलाएर कुटपिट गरेर सम्झाइबुझाइ पठाएका थिए।

उक्त घटनाका कारण दुई परिवारबीच झगडा पनि भयो, स्थानीय भद्रभलादमीले छलफल गरेर मिलाएर पठाए। तर राजकुमार र ती किशोरीबीच दूरी बढेन। उनीहरूबीच राम्रो सम्बन्ध थियो। उक्त सम्बन्धबारे जानकार पटेल दाजुभाइले २४ साउनमा राजकुमारलाई नगवा बाइपासमा रहेको आफ्नो टेलरमा बोलाए। 

मानिसहरूको राम्रै चहलपहल हुने नगवा बाइपास चोकमा पटेल दाजुभाइ १० वर्षदेखि टेलर सञ्चालन गरी बसेका थिए। चहलपहल भइरहने सहरबीचको आफ्नै पसलभित्र दुई दाजुभाइले सटर बन्द गरी मुख थुनेर राजकुमारको हत्या गरे, जसको सुइँकोसम्म कसैले पाएन।

बोरामा शव प्याक गरे। कसैलाई शंका नहोस् भनेर पहेँलो बोलबम कलरको टिसर्ट लगाएर मोटरसाइकलमा बोरा राखेर रक्सौलस्थित रेल्वे स्टेशनमा शव पुर्याए। मालवाहक रेलको डिब्बामा शव राखे। राजकुमारको फोन स्वीच अफ गरेर वीरगञ्ज भन्सारनजिकको एक आँखा अस्पतालनजिक फाले। ब्याग सिर्सिया नदी र साइकल महाराजगञ्जको एक गल्लीमा फालेर घर फर्किए। त्यसको अर्को दिन छिमेकीको भोजमा सबै चिज सामान्य भएजसरी सहभागी पनि भए।

तर राजकुमारसँग बहिनीको प्रेम सम्बन्धका कारण भएको पुरानो झगडा र अनुसन्धानका क्रममा लिइएको बाइपास चोकभन्दा ५ सय मिटर अघि रहेको सीसीटीभीको फुटेजबाट हत्यामा उनीहरूकोे संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

‘दाजुभाइले हत्या गरेको स्वीकार गरेका छन्। अपहरण, शरीर बन्धक तथा हत्याको आरोपमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कार्कीले भने, ‘घटनामा अन्य कोही व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।’ 

उक्त घटनापछि आक्रोशित स्थानीयले पटेल परिवारको घर तोडफोड गरेका छन्। घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अप्रिय घटना घट्न नदिन गाउँमा खटाइएको छ। पटेल परिवारका अन्य सदस्यलाई अन्तै स्थानान्तरण गरिएको छ।

प्रकाशित: Aug 15, 2022| 13:23 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।