बिहीबार, असार ३२, २०८३

फेसबुकमा अश्लील फोटो पठाउँदा प्रहरीको फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- फेसबुकबाट साथीलाई अश्लील तस्बिर पठाउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। जिल्ला प्रहरीका अनुसार लेकबेंसी नगरपालिका-७ कल्याणका टीकाराम खड्का पक्राउ परेका हुन्।

फेसबुक आर्इडीबाट एक महिलालाई अश्लील फोटो पोस्ट गरी कसुर गरेको जाहेरी दरखास्त परेकाले पक्राउ गरिएको डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए। उनका अनुसार खड्कालार्इ अावश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार विद्युतीय माध्यमबाट अश्लील तस्बिर वा चित्र देखाएमा यौन दुर्व्यवहार मानिन्छ। त्यस्तो अभियोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। 

१ भदोदेखि लागू भएको मुलुकी अपराध संहिताअनुसार सामाजिक सञ्चालमा अश्लील तस्बिर पठाएर प्रहरीको फन्दामा परेको यो सुर्खेतको पहिलो घटना हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।