बिहीबार, असार ३२, २०८३

बिमस्टेकका लागि झरीमा पनि कालोपत्रे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १४-१५ भदौमा काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको सहकार्य (बिमस्टेक)को चौथो शिखर सम्मेलन हुँदैछ ।

त्यसका लागि बिमस्टेकका सात सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखहरू काठमाडौंमा भेला हुँदैछन् । विदेशी राष्ट्र/सरकार प्रमुखहरूको भ्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्ने र चिल्ला बनाउने परम्परागत अभ्यासजस्तै बनेको छ ।

बिमस्टेक शिखरका लागि काठमाडौं उपत्यकाका सडक रातारात पिच गर्ने क्रम तीव्र बनाइएकाे छ । कतिसम्म भने  काठमाडौं महानगरपालिका र सडक विभागले भदौरे झरी परिरहँदा पनि पानीमाथि नै जबर्जस्त कालोपत्रे गरिरहेका छन् । करोडौं खर्च गरेर गरिएको कालोपत्रे सातादिन पनि टिक्न मुस्किल पर्ने सडक विज्ञहरू बताउँछन् । 

यी दृष्य शनिबार राति काठमाडौं माइतीघर मण्डला वरिपरिका हुन्, जहाँ भत्किएको सडक रातारात कालोपत्रे गरिँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।