शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पप्पुको पुलले डुबायो डुंगा : २ जनाको मृत्यु, ३ अझै बेपत्ता

पप्पुको पुलले डुबायो डुंगा : २ जनाको मृत्यु, ३ अझै बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गौर- रौतहटको गौर नगरपालिका ४ स्थित टिकुलिया घाटमा डुंगा पल्टिदा बेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको छ ।
 
औरहीयाकी ४२ वर्षीय रुना देवी कुर्मी र गौर नगरपालिकाकी ४५ वर्षीय शान्तिदेवी शाहको शव फेला परेको हो । उनीहरु दुबैजनाको शव भारतको सीतामणी जिल्ला छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए । 

अझै कम्तिमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीकार्य तिब्र पारिएको एसपी ढकालले जानकारी दिए । उनका अनुसार हराई रहेकाहरुको खोजीका लागि पौडीबाज सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको छ । 

डुंगामा कति जना सवार थिए भन्ने एकिन नभए पनि करिब ३० देखि ४० जना सवार रहेको अनुमान गरिएको छ । डुंगामा सवार २१ जना प्रहरीको सम्पर्क आएका छन् । केहिलाई प्रहरीले उद्धार गरेको थियो भने केहि आफै पौडिएर बाँच्न सफल भएका थिए । 

पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको पुलको पिल्लरमा ठोकिएर डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी ढकालले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार पुलका लागि बनाइएको पिल्लर आधामै छाड्दा पिल्लर बाढीले डुवाएको र डुंगा चालकले साँझको समयमा ठम्याउन नसक्दा दुर्घटना भएको हो । पप्पु कन्ट्रक्सनले ४ वर्षअघि देखि सुरु गरेको काम बीचमै अलपत्र छाड्दा दुर्घटना भएको स्थानीयको आरोप छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।