शुक्रबार, साउन १, २०८३

स्पेनिस ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्पेनिस ला लिगा फुटबलको आफ्नो दोस्रो खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।

भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए ।

लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन । बार्सिलोनाका केही सुन्दर मौकाहरु भालाडोलिडका गोलरक्षकले बचाएका थिए । यता भालाडोलिडले पनि गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । 

त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १-० ले विजयी हुन सफल भयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहति शीर्ष स्थानमा रहेको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा एट्लेटिका मड्रिडे रायभालेकानोमाथि १–० को जित निकाल्यो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।