बिहीबार, कात्तिक १२, २०८३

आजका अखबार : प्रहरी नै अनुसन्धानको घेरामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले कञ्चनपुरमा किशोरीको बलात्कार पछि हत्या बारे सुरुदेखि नै अनुसन्धान थाल्न लागिएको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले अब सुरुदेखि अनुसन्धान शीर्षकमा खबर लेखेको छ भने नयाँ पत्रिका दैनिकले अब प्रहरी नै अनुसन्धानको घेरामा शीर्षक दिएर मुख्य समाचार छापेको छ । आजको नागरिक दैनिक र अन्नपूर्ण पोस्ट्ले पनि यो विषयलाई विशेष स्थान दिएका छन् । 

कञ्चनपुरको भिमदत्तः नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको छ । स्थानीयले प्रदर्शन चर्काएपछि फेदैबाट अनुसन्धान थाल्ने निष्कर्षमा प्रहरी पुगेको कान्तिपुरले लेखेको छ ।

एसपी डिल्लीराज विष्टले बलात्कारको अनुसन्धानमा लापरबाही मात्र नभइन जानाजान प्रमाण दबाउन खोजिएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । उनलाई गृहमन्त्रालयले निलम्बन गरेको छ । निर्मलाका लागि न्याय नारा सहित कञ्चनपुर, काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भएको पनि आजका पत्रिपत्रिकाले छापेका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले भने निर्मला हत्याकाण्डको निष्पक्ष छानविनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा ज्यान गुमाएका १७ वर्षीय किशोर सन्नी खुनाकाको विषयमा स्टोरी लेखेको छ । उसका अनुसार सन्नी रक्षाबन्धनका लागि दिदीबहिनीलाई कोसेली किन्नका लागि आफू मजदुरी गर्ने ठाउँमा पैसा लिन गएका थिए । त्यै बेलामा उनलाई प्रहरीले हानेको गोली लागेको थियो ।

यस्तै अन्नपूर्णले बिलियो बनाउँ बिम्स्टेक शीर्षकमा विशेष खबर लेखेको छ । बिम्स्टेकलाई बलियो बनाउन सुझाव दिदै विज्ञहरुले यसका लागि सचिवालय नेतृत्व राजनीतिक तहबाटै हुने गरी पुर्नसंरचना हुनुपर्ने बताएका छन् । यस्तै बिम्स्टेकमा आउने पाहुनाको चियासम्म निगरानी हुने अन्नपूर्णले जनाएको छ। 

आजको कान्तिपुरले भने रौतहटमा डुंगा डुब्दा कम्तिमा १५ जना बेपत्ता भएको खबर लेखेको छ। उसका अनुसार डुंगामा ३० भन्दा बढि सवार थिए जसमध्ये १५ जना पौडिएर ज्यान जोगाएर सफल भएका छन् । बेपत्ताहरु बगेर भारत पुगेको हुनसक्ने आशंकामा स्थानीय प्रशासनले उताबाट समेत सहयोग मागेको कान्तिपुरमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।