बिहीबार, कात्तिक १२, २०८३

निर्मला र सन्‍नीको परिवारलाई १०/१० लाख राहत दिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–सरकारले कञ्चनपुर घटनामा ज्यान गुमाउने निर्मला पन्त र सन्नी खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । 

शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बलात्कारपछि हत्या भएकी निर्मला र शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका खुनाका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

गृहमन्त्रालयको प्रस्तावलाई राहत रकम दिइने निर्णय गरिएको भन्दै मन्त्री बाँस्कोटाले खुनालाई शहीद घोषणा गर्ने निर्णय गरेको पनि बताए । 

त्यस्तै घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने र निर्मला हत्याको बारेमा छानबिन गर्न बनेको समितिलाई शुक्रबार भएको गोलीकाण्डका विषयमा पनि छानबिन गर्ने जिम्मेवारी दिइने मन्त्रिपरिषदले निर्णय गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।