काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको मिति तय गरेको छ।
बैठकले आगामी मंसिर ५ देखि ९ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको हो । कांग्रेसले संघीय ढाँचाअनुसारको विधान संशोधन गर्ने मूल एजेन्डाका लागि पार्टीको महासमिति बैठक बोलाएको हो।
महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्न महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समिति गठन भइसकेको छ। महासमिति बैठकको विधि, प्रक्रियालगायत विषयमा शीर्ष नेतृत्वबीच सहमति जुट्न नसकेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिला शुरु भएको थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४