रौतहट- बञ्जाराबाट टिकुलियातिर जाँदै गरेको डुंगा गौर-४ स्थित लालबकैया नदीमा दुर्घटना भएको छ।
डुंगामा ४० जना सवार भएको र त्यसमध्ये पाँच जना पौडिएर बाहिर निस्किए पनि अन्य ३५ जना बेपत्ता भएको प्रहरी निरीक्षक ओमप्रकाश यादवले नेपाल समयलाई जानकारी दिए।
‘हामी भर्खरै घटनास्थल आइपुगेका छौं । उद्धार कार्य शुरु भएको छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘मलाई प्राप्त जानकारीअनुसार डुंगामा ४० जना थिए । पाँच जना पौडेर बाहिर आएका छन्, अर" बेपत्ता नै भएको अनुमान छ।’
उद्धारका लागि अन्य टोलीलाई पनि बोलाइएको उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४