बिहीबार, कात्तिक १२, २०८३

अब कर्णाली प्रदेश पनि डिजिटल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत– कर्णाली प्रदेश सरकारले आजदेखि डिजिटल प्रर्णाली अर्थात म्याक बुक वा कम्प्युटर प्रविधि अपनाएको छ । सिंगो कर्णाली प्रदेशलाईनै डिजिटल बनाउने उद्देश्यका साथ प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले शनिबारदेखि नै डिजिटल प्रर्णाली अपनाएको हो । 

‘आजदेखिनै मन्त्रिका कार्यालयहरुमा पनि ‘पेपरलेस’ प्रक्रिया सुरु भएको छ ।’ कर्णाली प्रदेशका प्रबक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि विमला केसीले भनिन् । ‘प्रदेशलाई नै डिजिटल बनाउने उद्देश्य अनुरुपनै हामीले इ–क्याविनेट प्रर्णाली अपनाएको हौ ।’ 

कामलाई छिटो छरितो बनाउन र कागजलाई विस्थापित गर्न डिजिटल प्रर्णाली अपनाइएको केसीको भनाई छ । ‘विषयगत मन्त्रालयले ल्याउने प्रस्तावहरु पनि डिजिटल हुनेछन् ।’ मन्त्रि केसीले भनिन् ‘एउटा प्रस्ताव ल्याउँदा ७ वटा प्रिन्ट गर्नुपथ्र्यो, केही सुधार गर्नुपरेमा सबै खेर जान्थ्यो ।’ अबदेखि कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले हरेक निर्णय पेपरको सट्टा म्याक बुकमा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।