शुक्रबार, साउन १, २०८३

सुर्खेतमा पनि पाइपलाइनबाट ग्यास वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फोहोरबाट उत्पादन गरिएको ग्याँसबाट खान पकाउने तयारीमा  रहेकी वीरेन्द्रनगर १० बेलघारीकी एक मुश्लिम महिला ।

सुर्खेत-प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनबाटै घरघरमा ग्याँस वितरण गर्ने भनिरहेका बेला सुर्खेतमा पनि पाइपलाइनबाट ग्यास वितरण शुरु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–१० बेलघारीमा ९ वटा घरधुरीमा पाइपलाइनबाटै ग्याँस वितरण सुरु गरिएको हो । पाइपलाईनबाटै घरघरमा ग्याँस पुगेपछि दैनिक खर्चमा समेत ठूलो कटौती भएको छ । 

अहिले बेलघारीका स्थानीयहरुले मासिक ५ सय रुपैयाँमै महिनाभरी ग्यासँ र बत्ति समेत बाल्न पाएका छन् । जसले गर्दा उनीहरुको खर्चमा कटौती भएको छ । सुर्खेतमा वितरण गरिएको ग्यास कुनै ग्याँस उत्पादक कम्पनीको नभई फोहोरमैलाबाट उत्पादन गरेर वितरण गरिएको हो । 

बेलघारीमा रहेको बधशालाको फोहोरबाट १०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निर्माण गरिएको छ । बधशालाको फोहोरबाट उत्पादित ग्याँस मुश्लिम समुदायका ९ घरपरिवारले खाना, खाजा र कुँडो पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरेका छन् ।

एक सय घनमिटरको बायोग्यास प्लान्टको क्षमता २५ घरपरिवारसम्मलाई खाना पकाउन मिल्ने बेलघारी सामुदायिक बायोग्यास उपभोक्ता समितिका अध्यक्ष धर्मराज विकले जानकारी दिए । 

‘ग्याँस प्रयोग गरेवापत मुश्लिम परिवारले उपभोक्ता समितिलाई ५ सय शुल्क तिर्ने गरेका छन्’ अध्यक्ष विकले भने ‘मासिक उठाएको शुल्क कोषमा राखेर मर्मत सम्भारमा खर्च गरेका छौँ ।’ बधशालाको फोहोरबाट ग्याँस उत्पादन भएपछि बजारको एलपी ग्याँस सिलिण्डर विस्थापित भएको विकको भनाई छ । 

विकका अनुसार बधशालाको फोहोरबाट उत्पादन भएको ग्याँस एकातिर खाना पकाउन प्रयोग गरिएको छभने अर्कोतिर कम्पोष्ट मल विक्री गर्ने तयारी समेत भइरहेको छ । बधशालामा बध गरिएका राँगाको मलमूत्रबाट उत्पादन भएको ग्यासका कारण बजारका एलपी ग्याँस सिलिण्डर विस्थापित भएको उपभोक्ताहरु बताउँछन् । 

ग्याँस प्लान्ट निर्माण संस्था केपी व्यवसायिक सेवा प्रालिका प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालका अनुसार उक्त ग्यास प्लान्ट पश्चिम नेपालमै सवैभन्दा ठूलो र पहिलो सामुदायिक बायोग्यास प्लान्ट हो । दैनिक पाँच वटा राँगा काटिने उक्त वधशालामा दैनिक एक क्वीन्टल फोहोर संकलन हुने गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।