बिहीबार, असार ३२, २०८३

निर्मला हत्या प्रकरणः एसपी बिष्ट निलम्बित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

डीएसपी ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । बलात्कारपछि हत्यामा एसपी बिष्टका छोरा संलग्न भएको आरोप स्थानीय बासिन्दाले लगाउँदै आएका छन् । 

यसअघि एसपी बिष्टसहित कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी र एसपी बिष्टलाई फिर्ता बोलाएर उनीहरूका ठाउँमा प्रजिअ तारानाथ अधिकारी र एसपी कुबेर कडायतलाई पठाइएको थियो ।

घटना छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्जमा प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी वसन्त बानियाँ, अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र उपसचिव वीरेन्द्र केसी सदस्य रहेको समिति गठन भइसकेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।