बिहीबार, असार ३२, २०८३

सन्नी खुनालाई शहीद घोषणा गर्न सर्वदलीय माग  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गोली लागी ज्यान गुमाएका सन्नी खुनालाई शहीद घोषणा गर्न सर्वदलीय बैठकले आग्रह गरेको छ। 

प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार बसेको बैठकले मृतक खुनाका परिवारलाई उचित राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रहसमेत गरेको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणले उग्ररूप लिएर आन्दोलनमा परिणत भएपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बालक खुनाका बारेमा शनिबार कञ्नपुरमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेको हो। 

राजनीतिक दल, नागरिक समाज, महिला अधिकारकर्मी, आन्दोलनमा सहभागी दबाब समितिको बैठकले केही महत्वपूर्ण निर्णय गरेको हो। बैठकले आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

आन्दोलनका क्रममा घाइते भएकाहरू उपचारपछि पनि शारीरिक रूपमा अशक्त भएमा उनीहरूको जीवन निर्वाहमा अप्ठेरो नपर्नेगरी राज्यले व्यवस्था गर्नुपर्ने माग गरेको छ। आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति, भीडको मूल्यांकन र भीड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानविनका लागि समिति गठन गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। 

बैठकले थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न अपिल पनि गरेको छ। अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानविन तथा शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने निर्णयसमेत गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए। 

खुनाको शव भने महाकाली अञ्चल अस्पतालमै छ। प्रहरीले कानूनी प्रक्रिया बाँकी रहेकाले शव अस्पतालमै राखिएको जानकारी दिएको छ। शनिबार बिहान मात्र निर्मला हत्याकाण्डमा आशंकाका रूपमा हेरिएका रोशनी बम र अनिता बमलाई पक्राउ गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।