बिहीबार, असार ३२, २०८३

निर्मला हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानविन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। 

दोषी यकिन गरेर तत्काल कानूनी दायरामा ल्याउन त्यसक्रममा माग गरिएको थियो। प्रदर्शनकारीले 'सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी', 'बाँच्न गाह्रो भो जनतालाई', 'चुप लागेर बस्दैनौं, जनता मर्न दिँदैनौं', 'निर्मलाका निम्ति न्याय' लेखिएका प्ले कार्ड बोकेका थिए। 

नागरिक अभियन्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू प्रदर्शनमा सहभागी थिए। प्रदर्शन क्रममा सरकारलार्इ खबरदारी गर्न शंख बजाइएको थियो। सहभागीहरूले बलात्कारविरुद्ध सांकेतिक नाटकसमेत प्रदर्शन गरेका थिए।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।