बिहीबार, असार ३२, २०८३

निर्मला हत्या प्रक्ररणः बम दिदीबहिनी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- निर्मला हत्याकाण्डमा सूत्रका रुपमा हेरिएका बम दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ । रोशनी बम र अनिता बमलाई शनिबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कठायतले जानकारी दिए ।

उनले दिदी बहिनी पक्राउ गरि अनुसन्धान सुरु भएको बताए । उनीहरुको घर सिल गरी अनुसन्धान गर्ने तयारीमा पनि प्रहरी रहेको बताइएको छ । साउन १० गते निर्मला पढ्न भनेर उनीहरुको घर गएपछि फेरि देखिएकी थिइनन् । आन्दोलनकारीको मुख्य माग उनीहरुको गिरफ्तारी र अनुसन्धान नयाँ सिराबाट गर्नुपर्ने रहेको छ । 

गत साउन १२ गते १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।