शुक्रबार, साउन १, २०८३

वीरगञ्जका चार वटा खानेपानी उद्योगमा शिलबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको आरोपमा बारा र पर्साका चार वटा खानेपानी प्याकिङ उद्योगमा स्थानीय प्रशासनले ताल्चा लगाइदिएको छ।

बारा र पर्साबाट खटिएको अनुगमन टोलीले एक सातायता स्टार अक्वा, निर्मल जल, एक्वा तराई र फ्रेन्ड्स ब्रान्डका मिनरल वाटर उद्योगमा छापा मारेर उत्पादनमा रोक लगाएको हो।

गत बुधबार जिल्ला प्रशासन बाराका अधिकृत मुरारी कार्कीको नेतृत्वमा खटिएको टोलीले जितपुर, भवानीपुरस्थित वीरगञ्ज फुड इन्डस्ट्रिजमा शिलबन्दी गरी स्टार एक्वा ब्रान्ड पिउने पानीको उत्पादनमा रोक लगाएको थियो।

न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएपछि उत्पादन रोक्न र बिक्री वितरण बन्द गर्न निर्देशन दिइएको अधिकृत कार्कीले जानकारी दिए।  उनले भने, 'जबसम्म मापदण्ड पूरा गर्दैनन्, तबसम्म उद्योग सञ्चालन नगर्न निर्देशन दिएका छौं।'

प्रसौनीस्थित अवैध डेरी घिउ उद्योगमा समेत शिलबन्दी गरी अवैध उद्योगका सञ्चालक र लगानीकर्ताको विषयमा छानविन भइरहेको उनले बताए । भारतीय ब्रान्डका वनस्पति घिउ ल्याएर शुद्ध घिउको स्टिकर लगाएर प्याकिङ गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएको पूर्वसूचनाका आधारमा  प्रशासनले छापा मारेको थियो। अनुगमन टोली उद्योगमा पुग्दा कामदार र सञ्चालक फरार थिए।

जितपुरस्थित  शिवशक्ति रिफाइनरी प्रालिमा एक साताअघि गरिएको शिलबन्दी खोलिएको अधिकृत कार्कीले जानकारी दिए। परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको  क्षेत्रीय प्रयोगशाला हेटौंडामा वनस्पति घिउको नमूना जाँच गर्दा अखाद्य वस्तु फेला नपरेकाले शिलबन्दी हटाइएको प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।