बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काँग्रेस केन्द्रीय समिति बैठक आज : यस्ता छन् छलफलका एजेन्डा

काँग्रेस केन्द्रीय समिति बैठक आज : यस्ता छन् छलफलका एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्दैछ । 

हिजो शुक्रबारका लागि नै बैठक डाकिए पनि पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा शीर्ष नेताहरुबीच दिनभर आन्तरिक छलफल हुँदा आज मात्रै बैठक आजका लागि सारिएको हो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीचको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्न लागेको हो । 

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक बस्न लागेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । 

शीर्ष नेताहरुबीच शुक्रबार भएको छलफलमा विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उनले बताए ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो । 

सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको उनले जानकारी दिए ।  

आजबाट सुरुहुने केन्द्रिय समितिको बैठकमा महासमिति बैठककै विषयमा छलफल हुने पनि नेता बडूले जानकारी दिए । महासमिति बैठकको मिति र स्थान तय गर्ने गरि ठोस छलफल हुने उनले बताए ।  पार्टीलाई शसक्त बनाउन र जनस्तरसम्म पुग्नका लागि लिइने रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।