बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रनगर घटना : प्रहरीको गोलीले १४ वर्षे किशोरको मृत्यु, नौ घाइते

महेन्द्रनगर घटना : प्रहरीको गोलीले १४ वर्षे किशोरको मृत्यु, नौ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
प्रहरी भन्छ : आत्मरक्षाका लागि गोली चलाउन पर्‍यो

धनजगढी-निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा शुक्रबार प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । 

प्रहरीले चलाएको गोली लागेर भिमदत्त नगरपालिका-१८ भगतपुरका १७ बर्षीय शनि खुनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली खुनाको छातीमा लागेको छ । अस्पताल लगिएपछि उनको मृत्यु भएपछि शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखेका छन् । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका खुनाको शवलाई स्टेचरमा हालेर बजार परिक्रमा गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडी राखेको आन्दोलनकारीले बताएका छन् । प्रहरीले शव बेलुकीपख अस्पतालमा पुर्‍याएको छ । 

घट्नामा घाइते हुनेको संख्या धेरै भएको दाबी गरिएपनि गोली लागि घाइते भएका नौ जनामात्र अस्पतालमा आइपुगेको महाकाली अंचल अस्पतालले जानकारी दिएको छ । गोली लागेर घाईते हुनेमा मृतक खुनाका दाजु उमेश खुना, चेतन भट्ट, युवराज भट्ट, किशोर भट्ट, मनोज खड्का, सुरेश चतौट, दामोदर खत्री, कविन्द्र सिंह र उमेश देउवा रहेका छन् । उनीहरु सबैको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

घटना बारे अनुसन्धान गर्न महेन्द्रनगर पुगेको टोलीलाई सत्यतथ्य छानविन गर्न दबाब दिने उद्देश्यले बेलुकीपख निकालिएको खबरदारी जुलुसमा प्रहरीले गोली हानेको प्रदर्शनकारीको आरोप छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले आन्दोलनले उग्र रुप लिएपछि गोली चलाएको बताए । उनले आन्दोलनकारीले सरकारी वकिल कार्यालयको गाडी तोडफोड गर्नुका साथै ट्राफिक प्रहरीको बिट तोडफोड गरेको बताए । 

जिल्ला प्रशासनमासमेत ढुंगामुडा प्रहार गरेपछि गोली चलाउनु परेको उनले बताए । ‘सुरुमा अश्रुग्यास प्रहार गरियो ढुंगामुडा रोकिएन, हवाईफाएर गरियो रोकिएन अन्तिममा सुरक्षाका लागि गोली प्रहार गर्नुपरेको हो’ कठायतले भने । 

बिहीबार भएको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए । त्यसपछि सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा काठमाडौँबाट पठाएको थियो । काठमाडौँबाट प्रजिअका रुपमा तारानाथ अधिकारी र एसपीकारुपमा कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट किशोर मारिएका हुन् । शुक्रबारको आन्दोलन कसैको नियन्त्रणमा नरहेको बुझिएको छ । 

‘छानविन टोली पुगेलगत्तै सर्वदलिय÷सर्वपक्षिय छलफल बोलाईएको थियो छलफल सुरु हुन नपाउँदै आन्दोलनकारीले ढुंगामुडा प्रहार गरिहाले’ प्रजिअ अधिकारीले भने-‘१८-२० बर्ष उमेरका युवाहरुको हुल थियो आन्दोलन कसैको नियन्त्रणमा थिएन।’ उश्रृङखल समुहले अस्पताल, अदालत, सरकारी वकिल, ट्राफिक प्रहरी, नगरपालिका सबैमा ढुंगामुडा प्रहार भएपछि प्रहरीले गोली चलाएको उनले बताए । 

प्रहरीका अनुसार प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर पनि तोडफोड गरेका छन् । प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगोसमेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लगाउन दिए । प्रदर्शनकारीले विष्टको घरमा भने तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ । जानकारहरुका अनुसार शुक्रबारको आन्दोलन भीम रावलले दिएको अभिव्यक्तिको परिणाम हो । रावल बिरुद्धसमेत जुलुसमा नाराबाजी भएको थियो । 

अनिश्चितकालिन कर्फ्यू 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि शुक्रबार ८ बजेबाट फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।
 
महेन्द्रनगर बजार आसपासका क्षेत्रमा अर्को आदेश नभए सम्मका लागि कर्फ्यू लगाइएको हो । शुक्रबार साँझ भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ भगतपुर बस्ने १७ वर्षीय खुनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । 


महेन्द्रनगरमा फेरि गोली चल्यो : एक किशोरको मृत्यु
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।